अन्तर्राष्ट्रिय

कोरोना अध्ययनका नयाँ तथ्य

By मनोज घिमिरे

November 14, 2022

सन् २०१९ को अन्त्यमा कोभिड-१९ सुरु भएको थियो। हामी अहिले २०२२ को अन्त्यमा छौ। हामीले यस सङ्क्रमणको सामना गरेको तीन वर्ष भएको छ। यस बीचमा महामारीले संसारलाई एक पटक होइन, अनेकौँ पटक आक्रान्त पारेको थियो। प्राय देशमा धेरै वटा लहर आए।

हामी लगभग सामान्य जीवनमा फर्केका छौ। पछिल्लो समय भाइरस कम शक्तिशाली बनेको छ भने कोभिडको खोप पनि सहज भइसकेको छ। यसले सिङ्गो संसारलाई असर गर्दा कतिपयमा प्रभाव नै देखिएन। यसरी प्रभाव नदेखिँदा धेरैले फरक अर्थ लगाउन सक्छन्।

थुप्रैले आफूलाई कहिले पनि कोरोना सङ्क्रमण नभएको अनुमान गरेका छन्। कसैले आफूमा इम्युनिटी पावर धेरै भएका कारण असर नगरेको अनुमान गरेका छन्। यसरी लक्षण पनि नदेखिएको तथा परीक्षण पनि नगराएकाको आफ्नै खालको अनुमान छन्। अथवा कहिल्यै यो सङ्क्रमणको सम्पर्कमा नै रहिएन। परीक्षण नगराएका कारण यो सबै अनुमानका विषय हुन्।

हामी लगभग सामान्य जीवनमा फर्केका छौ। पछिल्लो समय भाइरस कम शक्तिशाली बनेको छ भने कोभिडको खोप पनि सहज भइसकेको छ।

गत साता इङ्गल्यान्डमा एउटा रिपोर्ट प्रकाशित भएको थियो। रिपोर्ट अनुसार इङ्गल्यान्डमा ९० प्रतिशत कोरोना सङ्क्रमित भएका छन्। यसरी लक्षण नदेखिएका धेरै जनाले आफू सङ्क्रमित नै नभएको अनुमान गरेका छन्। त्यो अनुमान गलत हुनसक्छ।

युनिभर्सिटी अफ सरेकी भाइरोलोजिस्ट डा. लिन्डसे ब्रोडबेन्ट यसलाई अस्वीकार गर्छिन्। उनको जानकारी अनुसार केही व्यक्ति भने उच्च जोखिममा रहेर पनि सङ्क्रमित भएनन्। त्यसरी जोखिममा रहेर सङ्क्रमित नहुनेमा नर्ससमेत छन्।

नियमित परीक्षण गराउने धेरै त ओमिक्रोन भेरियन्टबाट नै सङ्क्रमित भएका थिए। धेरैले सामान्य लक्षण भएका कारण परीक्षण नै गराएनन्। ‘मेरो एउटा औलामा घाउ भए जस्तो भएको थियो। त्यसपछि मैले रगत लगेर परीक्षण गराएँ’, एक व्यक्तिले भने। ती व्यक्तिले एन्टीबडीको सम्मिश्रण पत्ता लगाउनकै लागि यो सबै गरेका थिए।

एन्टीबडीज नै शरीरको इम्युन सिस्टम हो। तिनीहरूले भाइरसविरुद्धमा मिसाइलकै काम गर्छन्। त्यसले शरीरका सेललाई सङ्क्रमित हुन रोक्छ। साथै शरीरमा सम्पूर्ण इम्युन सिस्टमलाई भाइरसविरुद्धमा काम गर्न सहयोग गर्छन्।

धेरै एन्टीबडीजले भाइरसको फरक भागमा असर गर्छन्। एन्टी एस एन्टी बडीज प्रोटिनमा हुन्छ। यसलाई स्पाइक प्रोटिन पनि भनिन्छ। एन्टी एन एन्टीबडीज शरीरको भित्री भागमा रहन्छ। बेलायतमा प्रयोग हुने भ्याक्सिनले भने एन्टीबडीजलाई स्पाइक प्रोटिनमा मात्र आक्रमण गर्छन्। एक नागरिक आफूले परीक्षण गराउँदा उच्च दरमा एन्टी एस एन्टीबडीज भएको बताउँछन्।

एन्टीबडीज नै शरीरको इम्युन सिस्टम हो। तिनीहरूले भाइरसविरुद्धमा मिसाइलकै काम गर्छन्। त्यसले शरीरका सेललाई सङ्क्रमित हुन रोक्छ।

बेलायतमा यसै भ्याक्सिनको कारण सङ्क्रमित भएको व्यक्तिमा मात्र भाइरसको सबै स्थानमा आक्रमण गर्ने एन्टीबडीज हुन्छ। बेलायतमा विगतमा कोभिड भएको थियो या थिएन भन्ने कुरा पत्ता लगाउने कुरा नै त्यही हो। यदि एन्टीबडीज एन शरीरमा भएमा व्यक्तिमा सङ्क्रमण भएको प्रस्ट हुन्छ।

ती व्यक्तिले बताए अनुसार पहिलो भाइरस विरुद्धको पहिलो बाधा उनले पार गरे। यस नतिजालाई अझ पुष्टि गर्नका लागि ती युवालाई युनिभर्सिटी लन्डन कलेजकी भाइरल इम्युनोलोजीकी प्राध्यापक माला मैनीले बेलाएकी थिइन्। उनले अहिले एन एन्टीबडीज नेगेटिभ हुनुको मतलब पहिला पनि सङ्क्रमित नभएको तथा सङ्क्रमित भएर शरीरबाट एन्टीबडीज हराएको हुन सक्ने बताइन्। तर, ती युवा विगतमा कहिले पनि सङ्क्रमण पुष्टि नभएको बताउँछन्।

कार्यालयमा महामारीको पिक भएको समयमा उनले रेपिड एन्टीजेन टेस्ट सातामा दुई पटक गराएका थिए। कुनै लक्षण देखिने बित्तिकै पनि उनले परीक्षण गराउने गरेका थिए। परिवारमा कोही सङ्क्रमित भएको समयमा उनले दैनिक परीक्षण गरेका थिए। प्राध्यापक मैनीले पनि पूर्ण रूपमा नै ती सबै नगेटीभ रिपोर्टको आधारमा सङ्क्रमण रोकिएको हुनसक्छ। तर, यो पनि अन्तिम तथ्य नहुन सक्छ ।

‘गर्भपतन सङ्क्रमण’ एउटा नयाँ शब्दको प्रयोग सङ्क्रामक रोग विशेषज्ञले गर्ने गरेका छन्। ‘गर्भपतन सङ्क्रमण’ को असर भाइरस शरीरमा प्रवेश गर्छ। तर, यो हाम्रो शरीरको अनुकूल ठाउँमा मात्र रहेको शरीरका सबै तन्तु सक्रिय भएर त्यसलाई निष्क्रिय पार्न सक्छन्। कोभिडबाट सङ्क्रमित भएका अन्य धेरै व्यक्तिको परीक्षणबाट पनि यस कुराको पुष्टि भएको हो। यसको परीक्षण गर्ने क्रममा ३४ जना पूर्ण स्वास्थ्य स्वयंसेवकको नाकको टुप्पोमा भाइरस राखिएको थियो। यसमध्येका आधा मात्र सङ्क्रमित भए।

सङ्क्रमणबाट जोगाउने पहिलो चरणलाई इनेट इम्युन प्रणाली भनिन्छ। यो हाम्रो शरीरको ‘ डिफल्ट डिफेन्स’ हो। यसले सङ्क्रमणको बारे जानकारी राख्न सक्दैन। यस कारण हरेक सङ्क्रमण पहिलो पटक भएको आभास हुन्छ। तर, यसको बाटोमा सङ्क्रमण हुन आटेमा छिटो प्रतिक्रिया गर्छ र शरीरलाई बचाउँछ।

ब्रोडबेन्टले अर्को परीक्षण पनि गरेका थिए। अर्गनाइड भनिने फोक्सोको भागमा नै सङ्क्रमणको प्रयास गरेका थिए। उनका अनुसार यसरी गरिएको परीक्षणमा एक जनाबाहेक सबै सङ्क्रमित भएका थिए।

अर्को इम्युन सिस्टमलाई एडप्टीभ इम्युन सिस्टम भनिन्छ। अध्यास र परीक्षण अनुसार यसले धेरै काम गर्ने बताइन्छ। यसकै आधारमा भ्याक्सिनले शरीरलाई कोभिडविरुद्धमा लड्नका लागि तयार गराउँछ। ‘भ्याक्सिनले नै धेरैलाई सबै भन्दा राम्रो संरक्षण दिने बारम्बार पुष्टि गरेको छ ’, प्राध्यापक मैनीले भनिन्। तर, भ्याक्सिनको पनि केही सीमितता नभएका होइनन्। मानिसले महामारीको पहिलो वर्ष भ्याक्सिन बिना नै बताए। यी उल्लेख गरिएका धेरै इम्युन सिस्टमलाई सक्रिय बनाएर सङ्क्रमणलाई रोक्न नसकिने होइन।

सङ्क्रमणबाट जोगाउने पहिलो चरणलाई इनेट इम्युन प्रणाली भनिन्छ। यो हाम्रो शरीरको ‘ डिफल्ट डिफेन्स’ हो। यसले सङ्क्रमणको बारे जानकारी राख्न सक्दैन। यस कारण हरेक सङ्क्रमण पहिलो पटक भएको आभास हुन्छ।

महामारी भन्दा अगाडि नै लिइएको फोक्सो र रगतको स्याम्पलका अनुसार महामारी भन्दा पहिले नै प्रोटेक्टिभ इम्युन सिस्टम भएको पाइयो। यो सिस्टमले अन्य कुनै पनि किसिमको भाइरसलाई पनि आक्रमण गर्न सक्छ। बेलायतमै पनि कोभिड आउनु भन्दा अगाडी नै केही व्यक्तिमा यो इन्फेक्सन देखिएको थियो। पहिला अन्य कुनै जाडोसँग सम्बन्धित सामान्य कोरोना भाइरसको कारण कोभिडको कोरोना भन्दा अगाडि नै यो सिस्टम सक्रिय भएको हुनसक्ने जनाइएको छ।

मैनीकै अनुसार विद्यालयमा साना बच्चा भएमा यसको एन्टीबडीज पहिले नै विकास भएको हुन सक्छ। यसो भएमा पहिले नै ती सेल तयार भएका हुन्छन्। यसले सङ्क्रमण हुने बित्तिकै सामना गर्न सहज हुन्छ।

कोरोना भाइरस संसारका देखिएपछिको यो तीन वर्षको अध्ययन धेरै नै तीव्र गतिको अध्ययन हो। यसै गतिमा अध्ययन र अन्वेषण हुने हो भने अझ केही समयमा धेरै कुरा पत्ता लाग्न सक्ने छ।

यो अध्ययनले नयाँ भ्याक्सिन बनाउन थप बाटो तय गर्न पनि सहज हुनेछ। मैनीकै अनुसार सुरुवातमा नै नाक, फोक्सो र श्वासप्रश्वास प्रणालीमा सेल विकास गर्नेगरी नयाँ भ्याक्सिन बनाएमा यो अझ बढी प्रभावकारी हुनसक्ने छ। यसका धेरै कारण हुन सक्छन्। धेरै जना सङ्क्रमण नहुने दुई अन्य कारण हुन सक्छन्। सङ्क्रमितको सम्पर्कमा नै नआउने गरेर एक हजार दिनसम्म आइसोलेसनमा बस्नेको पनि केही सङ्ख्या बेलायतमा भेटिएको छ।

अन्य रोगको जेनेटिक अशक्तताको कारणले अपनाइएको प्रणालीले कोभिडबाट सुरक्षित रहन पनि सहयोग भएको हुन सक्ने छ। कोभिड भएका अभिभावकबाट जन्मने बच्चामा यसबाट बच्ने उपाय जन्म अगाडि नै गरिएको हुन्छ। त्यस संरक्षणको उपायलेपछि कोरोना भाइरसबाट पनि बचाएको हुनसक्छ भन्ने अनुमान पनि हुन थालेको छ। तर, यो सङ्ख्या धेरै सानो हुनसक्छ।

कोरोना भाइरस संसारका देखिएपछिको यो तीन वर्षको अध्ययन धेरै नै तीव्र गतिको अध्ययन हो। यसै गतिमा अध्ययन र अन्वेषण हुने हो भने अझ केही समयमा धेरै कुरा पत्ता लाग्न सक्ने छ।