अन्तर्राष्ट्रिय

स्लोभेनियामा पहिलो महिला राष्ट्रपतिमा पिर्क

By खबरहब

November 14, 2022

एजेन्सी – स्लोभेनियाले पहिलो महिला राष्ट्रपति पाएको छ । नतासा पिर्क मुसार देशको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित भएकी हुन् । पत्रकार तथा वकिल मुसार अमेरिकी पूर्वप्रथम महिला मेलानिया ट्रम्पसँग निकट मानिन्छिन् ।

उनले पूर्व विदेशमन्त्री आन्जे लोगरलाई पराजित गरेकी छन् । मुसारले करिब ५४ प्रतिशत मत प्राप्त गरेकी थिइन् भने लोगरले ४६ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । करिब २० लाख जनसंख्यामा ४९ दशमलव ९ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा मेलानिया ट्रम्पको हितको रक्षा गर्न उनलाई वकिलको रूपमा नियुक्त गरिएको थियो।