राजनीति

भारतसँगको सीमानाका चारदिन बन्द रहने

By खबरहब

November 14, 2022

मोरङ–  जिल्ला प्रशासन कार्यालय मोरङले १ मङ्सिरदेखि चारदिन सीमानाका बन्द रहने जनाएको छ ।

४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले चारदिन सीमानाका बन्द रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । 

उनका अनुसार १ मंसिर बिहीबार बिहानदेखि ४ मंसिर ४ आइतबार राति ११ बजेसम्म सीमानाका बन्द गर्ने निर्णय भएको छ । निर्णयविरुद्ध गतिविधि गरे कारबाही गर्ने दाहालले जानकारी दिए ।