राजनीति

‘समृद्धि र विकासको लागि एमालेको नेतृत्वको आवश्यक’

By खबरहब

November 14, 2022

काठमाडौँ– काठमाडौँ क्षेत्र नं ३ का नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णबहादुर राईले मुलुकको समृद्धि र विकासको लागि एमालेको नेतृत्वको आवश्यक रहेको बताएका छन् ।

सोमबार आफ्नै निर्वाचन क्षेत्रमा आयोजित घरदैलोका क्रममा उनले एमालेले मुलुकको हित, राष्ट्रियता र विकासका लागि धेरै काम गरेकाले अव पनि एमालेको नेतृत्व आवश्यक रहेको बताएका हुन् । नाकाबन्दीका बेला भारतसँग आवाज उठाउने र नेपालको चुच्चे नक्साका साथै सुरुङमार्गको कामको सुरुवात गर्ने केपी ओली मात्रै भएको उनले बताए । एमालेले राष्ट्रियताका लागि काम गरेकाले नै ओली नेतृत्वको सरकार हटाइएको उनको भनाई छ । 

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आठ र स्वतन्त्रसहित २३ उम्मेदवार प्रतिस्पर्धामा छन् जसमा नेपाली कांग्रेसको तर्फबाट सन्तोष चालिसे उम्मेदवार छन् । काठमाडौँ क्षेत्र नं ३ मा ५८ हजार आठ सय ८९ मतदाता छन् ।