समाचार

पर्यटन प्रवर्द्धनको रणनीतिक कार्ययोजना बनाउँदै बोर्ड

By खबरहब

November 14, 2022

काठमाडौं – आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले रणनीतिक कार्ययोजना निर्माण गर्ने तयारी गरेको छ । बोर्डअन्तर्गत जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले पर्यटन प्रवर्द्धनको योजना निमार्णका लागिे विज्ञ सरोकारवालासँग छलछफल समेत सुरु गरेको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै बोर्डले तयारी स्वरुप विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित निकायबीच कार्यशाला आयोजना गरेको जनाएको छ । उक्त कार्यक्रममा आन्तरिक पर्यटनको वर्तमान स्थिति, प्रवर्द्धनमा बाधा पुर्‍याउने विद्यमान नीतिभित्रका अन्तरहरूको अन्वेषण र विश्लेषण गरिएको थियो ।

साथै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नीतिगत सुधार, तीन तहका सरकारको भूमिका र दायित्व आदि विषयवस्तुमा गहन छलफल गरी आन्तरिक पर्यटन रणनीतिक कार्ययोजना निर्माण गरिने विज्ञप्तीमा उल्लेख छ । जस अनुसार पहिलो चरणमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पर्यटन मन्त्रालय, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स , होटल एशोसिएशन नेपाल तथा विभिन्न नगरपालिका र पर्यटनसँग सम्बन्धित अन्य सरोकारवाला सस्थासँग मिलेर कार्ययोजना तयार गर्न लागिएको छ।