समाचार

पशुपतिनाथ मन्दिर परिसरमा ‘शिव पूजा’

By खबरहब

November 14, 2022

काठमाडौँ– नेपालस्थित भारतीय राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा पशुपति मन्दिर परिसरमा ‘शिव पूजा’ कार्यक्रम आयोजना गरिएको छ ।

भारतीय दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा आज साँझ उक्त कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा स्वामी विवेकान्द सांस्कृतिक केन्द्रका कलाकारले परम्परागत नेपाली कुमारी नृत्य प्रस्तुत गरेका थिए।

पशुपति मन्दिरका मुल भट्ट गणेश रावलले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा कलाकारले नृत्यमार्फत शिव र पार्वतीको एउटै रुप अर्धनारीश्वर र शिवको नटेश स्वरुप प्रस्तुत गरेका थिए । शिव नृत्यसँगै देवी र गणेशको नृत्य प्रस्तुत गरिएको उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका अधिकारीलगायत दुई सय जनाको सहभागिता रहेको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।