खेलकुद

यु–१४ टेनिस : आयुश क्वाटरफाइनलमा

By खबरहब

December 14, 2022

काठमाडौं – नेपालका आयुशमान हजुर घले २०औँ जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज सिंगल्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

नेपाल टेनिस संघको सहयोगमा मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा आयुशले पाकिस्तानका जोहेब अफ्जल मलिकलाई ७–६ (२) र ६–० को सेटमा पराजित गरे।

ब्वाइज सिंगल्समै बंगलादेशका मोहम्मद तन्विर मुन तुसारले नेपालका दर्शिल श्रेष्ठलाई ६–४ र ६–३, यमनका हमुद इयादले भारतका आरभ धेकियललाई ६–४ र ६–१, हङकङका यु हिन वोङले भारतका किशोर श्रीरामलाई ६–४ र ६–३ र भारतका सिद्धार्थ जिबुले हङकङका कि छियोङ मोरिस ताङलाई ७–६(४) र ६–१ ले हराए।

यसैगरी बंगलादेशका मोहम्मद अलिफ होसेनले भारतका आदित्य सिंहलाई ६–३ र ६–२, भारतका भिभान मिर्धाले श्रीलंकाका साहिल फज्लिनलाई ४–६, ६–४ र ६–१ तथा हङकङका छियुन हेइ काइसन फुङले नेपालका बोरिस अधिकारीलाई ६–२ र ६–४ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका हुन्।