फाइल फोटो

ब्रेकिङ स्टोरी

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

By खबरहब

December 14, 2022

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

युवराज सफलद्वारा दायर रिटमा लामिछानेले अमेरिकी नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेको अवस्थामा उनले पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको उल्लेख छ ।

रिटमा निर्वाचन आयोगले संविधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दाबी गरिएको छ । संवैधानिक इजलासमा दायर रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।

उक्त रिटमा रवि लामिछानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग समेत गरिएको छ ।

केही समयअघिमात्रै निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेका लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर संसद प्रवेश गर्ने तयारीमा रहेका बेला रिट उनीविरुद्ध रिट परेको हो ।