सांकेतिक तस्बिर

अपराध

२७ वर्षीया युवती धामीबाट बलात्कृत

By खबरहब

December 14, 2022

कपिलवस्तु– झारफुक गर्ने भन्दै एक धामीले महिलालाई बलात्कार गरेका छन् । मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुकको बहानामा वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनले जबरजस्ती करणी गरी फरार रहेका थिए ।

पीडित युवतीको जाहेरीपछि फरार रहेका हरिजनलाई प्रहरीले मंसिर २७ गते पक्राउ गरेको हो । बिरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठिक हुने भन्दै जवरजस्तीकरणी गरेको पीडित युवतीले बताएकी छन् ।

पक्राउ परेका हरिजनले यसअघि पनि यस प्रकारको आपराधिक कार्य गरेको हुन सक्ने भन्ने सूचनाको आधारमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।