फाइल फोटो

राजनीति

सुदूरपश्चिममा एमाले : प्रदेशसभातर्फ ६ र प्रतिनिधि तर्फ ७ जिल्लामा नील 

By खबरहब

December 14, 2022

धनगढी– सुदूरपश्चिममा नेकपा एमाले प्रतिनिधिसभातर्फ ७ जिल्ला र प्रदेशसभातर्फ ६ जिल्लामा निल भएको छ । मंसिर–४ गते भएको प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीमा एमालेले प्रदेशतर्फ तीन र प्रतिनिधिसभातर्फ दुई जिल्लामा मात्रै जित हाँशील गर्न सकेको हो ।

प्रदेशका ९ जिल्ला मध्य नेकपा एमालेले प्रतिनिधिसभातर्फ कञ्चनपुर क्षेत्र नम्बर–१ र बैतडीमा मात्रै सफलता पाएको हो । कञ्चनपुर क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका तारालामा तामाङ र बैतडीबाट दामोदर भण्डारी विजयी भएका हुन् । 

प्रत्यक्षतर्फका १६ मध्य १५ स्थानमा उम्मेदवारी दिएको एमालेले १३ स्थानमा पराजय व्यहोरेको हो, भने ७ जिल्लाबाट नै निल भएको हो । नेकपा एमाले प्रतिनिधिसभातर्फ कैलाली, डडेल्धुरा, डाटी, अछाम, बाजुरा, बझाङ र दार्चुलामा नील भएको हो ।

प्रदेशसभातर्फ नेकपा एमालेले कञ्चनपुर क्षेत्र नम्बर–१ को प्रदेश क्षेत्र (क), बैतडीको प्रदेश सभा क्षेत्र (क) र डाटीको प्रदेश सभा क्षेत्र क मा मात्रै जित हाँशील गरेको हो । प्रदेश सभामा एमालेबाट कञ्चनपुर क्षेत्र नम्बर–३ को प्रदेश सभा क्षेत्र (क) मा बिरबहादुर थापा, डोटी प्रदेश सभा क मा चक्र मल्ल र बैतडी प्रदेश सभा क्षेत्र (क) मा सुरेन्द्र पाल निर्वाचित भएका हुन् ।

प्रत्यक्षतर्फ प्रदेश सभाका ३२ निर्वाचन क्षेत्र मध्य ३१ ठाउँमा उम्मेदवारी दिएको एमालेले २८ प्रदेश सभा क्षेत्रमा पराजय व्यहोरेको हो, भने ६ जिल्लामा निल भएको हो । नेकपा एमाले प्रदेशसभातर्फ कैलाली, डडेल्धुरा, अछाम, बाजुरा, बझाङ र दार्चुलामा निल भएको हो ।