फाइल फोटो

देश/प्रदेश

वायु सेवा निगमका क्याबिन क्रु हड्तालमा उत्रिए

By खबरहब

December 14, 2022

काठमाडौँ- नेपाल वायु सेवा निगममा कार्यरत क्याबिन क्रु हड्तालमा उत्रेपछि दिल्ली उडान प्रभावित भएको छ । लामो समयदेखि कार्यरत दुई जना परिचारिकाको करार नवीकरण नभएको भन्दै क्याबिन क्रु हड्तालमा उत्रेका हुन् ।

करारमा रहेर १५ वर्ष सेवा गरेका परिचारिकाहरु आरती महर्जन र स्मिता गुवाजुको करार नविकरण नगरेको भन्दै उनीहरुले हड्ताल गरेका हुन् ।

हड्ताल गर्दा निगमको बुधबार दिउँसो पौने १ बजेको दिल्ली उडान प्रभावित भएको छ । निगमको १ः४५ बजे दिल्ली जान लागेको आरए–२१७ उडान नम्बरको जहाजका लागि बोर्डिङपास लिएका २ सय ५६ यात्रु क्याबिन क्रुको हड्तालका कारण ३ बजे मात्र दिल्ली उडेका थिए ।

हड्तालका कारण अहिले १० बजे मलेशिया र साढे ११ बजे दुबई उड्ने जहाजको उडान समेत प्रभावित हुने सम्भावना रहेको बताइएको छ ।