समाचार

विश्वभर एकै दिन ३० लाखभन्दा बढी संक्रमित थपिए

By खबरहब

January 15, 2022

काठमाडौँ – विश्वभर एक दिनमा ३० लाख ३९ हजार कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ६ लाख ९४ हजार, फ्रान्समा ३ लाख २९ हजार, इटलीमा एक ८६ हजार, स्पेनमा एक लाख ६२ हजार, अर्जेन्टिमा एक लाख ३९ हजार, ब्राजिलमा एक लाख ११ हजार र बेलायतमा ९९ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

यही अवधिमा ११ लाख २४ हजारभन्दा धेरै निको भएका छन् भने ७ हजार ३४३ संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ८८३, रुसमा ७३९, इटलीमा ३६०, बेलायतमा २७०, ब्राजिल २३८ जर्मनीमा २३२, फ्रान्समा १९१, टर्कीमा १६७ र स्पेनमा १३९ जना छन् ।