फाइल फोटो

राजनीति

चाँडपर्वले सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देश दिनुपर्छ : अध्यक्ष तिमिल्सिना

By खबरहब

January 15, 2022

काठमाडौँ – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धार्मिक तथा सांस्कृतिक सम्पदाको रुपमा रहेका चाडपर्वले हाम्रो देशलाई सुपरिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन्।

‘हामी नेपालीबीच मनाइने यी र यस्ता पर्वले संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गरी सामाजिक सदभाव कायम गर्दै एकताको सन्देश दिन सक्नु पर्दछ,’ तिमिल्सिनाले शुभकामना सन्देशमा भनेका छन् ।

माघी, मकर संक्रान्ति, माघे संक्रान्ति र किराँत संवत्‌को नयाँ वर्षले सबै नेपालीमा एकता, सद्भाव र सहिष्णुतालाई कायम राख्दै आरोग्य जीवन प्राप्तिको कामना पनि उनले गरेका छन् ।