खेलकुद

मोरोक्को अफ्रिका कपको अन्तिम १६ मा

By खबरहब

January 15, 2022

काठमाडौँ – मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ ।

शुक्रबार राति कोमोरोसलाई २-० ले पराजित गर्दै मोरोक्कोले समूह चरणमा लगातार दोस्रो जित निकालेको हो ।

१६औँ मिनेटमा सेलिम अमाल्लहले गरेको गोलबाट मोरोक्कोले अग्रता बनायो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा जाकारिया ओबउख्लालले गोल गरेपछि मोरोक्कोले जितसँगै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो ।

प्रतियोगिताअन्तर्गत समूह ‘सी’‍मा रहेको मोरोक्कोले दुई खेलबाट ६ अंक जोडेको छ । उसले एक खेलअगावै नकआउट यात्रा तय गर्‍यो ।

दुई खेल खेल्दा पनि अंकविहीन रहेको कोमोरोस तालिकाको पुछारमा छ ।

अन्य खेलमा गाबोन र घाना १-१ को बराबरीमा रोकिँदा समूह ‘बी’को खेलमा मलावीले जिम्बाबेलाई २-१ ले पराजित गरेको छ ।