खेलकुद

फ्रेबर्गमाथि डर्टमन्डको सानदार जित

By खबरहब

January 15, 2022

काठमाडौँ – जर्मन बुन्डेस लिगा अन्तर्गत बोरुसिया डर्टमन्डले फ्रेबर्गमाथि ५–१ गोलअन्तरले पराजित गरेको छ ।

शुक्रबार राती भएको खेलमा डर्टमन्डले फ्रेबर्गमाथि सानदार जित दर्ता गरेको हो ।

डर्टमन्डको लागि अर्लिङ हालान्डल र थोमस मेउनियरले दुई–दुई तथा महमोद दाहोदले एक गोल गरे ।

फ्रेबर्गका लागि एकमात्र गोल ६१ औं मिनेटमा डेमोरेभिकले गरे ।

जितसँगै दोस्रो स्थानको डर्टमन्डले १९ खेलबाट ४० अंक जोड्दै दोस्रो स्थानमा यथावत रहेको छ ।

यता शीर्ष स्थानको बायर्न म्युनिखको १८ खेलमा ४३ अंक छ ।