खेलकुद

ब्राइटन र क्रिस्टल प्यालेस बराबरीमा रोकिए

By खबरहब

January 15, 2022

काठमाडौँ – इंग्लीस प्रिमियर लिग फुटबल अन्तर्गत ब्राइटन एन्ड होभ आल्बिओन र क्रिस्टल प्यालेसबीचको खेल बराबरीमा सकिएको छ ।

आठौं स्थानको ब्राइटनले ११औं स्थानको क्रिस्टल प्यालेसँग १–१ को बराबरी खेलेको हो ।

६९ औं मिनेटमा कोनोर गालाघेरले गोल गर्दै क्रिस्टललाई अग्रता दिलाए पनि ८७औं मिनेटमा जोअचिम एन्डरसेनले आत्मघाती गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो।

बराबरीसँगै बांइटनले २० खेलमा २८ अंक जोडेको छ भने क्रिस्टलले २१ खेलमा २४ अंक जोडेको छ ।