फाइल फोटो

खेलकुद

‘ए’ डिभिजन लिग : फ्रेन्ड्स र आर्मी तथा थ्री स्टार र संकटा भिड्दै

By खबरहब

January 15, 2022

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नवौं चरणका खेल अन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

फ्रेन्ड्स क्लब ८ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ भने ८ खेलमा १४ अंक जोडेर आर्मी चौंथो स्थानमा रहेको छ ।

दोस्रो खेलमा पौने ५ बजे थ्री स्टार र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार ८ खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा छ भने ८ खेलमा १४ अंक जोडेर संकटा तेस्रो स्थानमा रहेको छ ।