मनोरञ्जन

राजनराज शिवाकोटी र एलिना चौहानको नयाँ म्युजिक भिडियो सार्वजनिक

By खबरहब

January 15, 2022

काठमाडौँ– टप इन्टरटेनमेन्टको प्रस्तुतिमा ‘फोन उठाउने हरियोले’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित संगीतकार राजेन्द्र श्रेष्ठको संगीतमा गायक राजन राज शिवाकोटी र एलिना चौहानले आवाज दिएका छन् जसमा शब्द रोशनीको रहेको छ । फरक धारका संगीतकारका रुपमा चिनिने राजेन्द्र श्रेष्ठको पछिल्लो गीत ‘पैसो वाला ‘ ले दर्शकको साथ पाउने अपेक्षा गरिएको छ ।

सस्तो लोकप्रियताभन्दा गुणस्तरीय काम गरेर आफूलाई स्थापित गराउन चाहने संगीतकारको भर्खर मात्र सार्वजनिक गरिएको ‘फोन उठाउने हरियोले’ म्युजिक भिडियोमा विभिन्न कलाकार रियासा दाहाल, बेगम नेपाली, मनराज श्रेष्ठ, करुणा श्रेष्ठ, राजकुमार देवकोटा, आकृति न्यौपानेको अभिनय रहेको छ ।

यस म्युजिक भिडियोलाई प्रकाश खड्काले छायाङ्कन गरेका छन् भने शिव बि.क ले निर्देशन गरेका छन् । गीतको सम्पादन पदम सुवेदीले गरेका छन र कलर मिलन विश्वकर्माको रहेको छ ।