फाइल फोटो

समाचार

विष्णु पौडेल कोरोना संक्रमित

By खबरहब

January 15, 2022

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल कोरोना संक्रमित भएका छन् । शनिबार आएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित भएपछि पौडेल होम आइसोलेशनमा बसेका छन् ।

उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘परीक्षणबाट कोभिड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षासहित आइसोलेशनको यात्रा आरम्भ भयो ।’