काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमी लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको भन्दै आपत्ति जनाएको छ ।
राप्रपाका महामन्त्री भुवन पाठकले एक विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमीमा सडक निर्माण गर्दा पनि सरकार मौन बस्नु आश्चर्यजनक रहेको बताएका छन् ।
लिपुलेक क्षेत्रमा भारतले एकतर्फी सडक बनाएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुलासा गरेको भन्दै राप्रपाले यो विषय गम्भीर आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा रहेको जनाएको छ । राप्रपाले भनेको छ, ‘कालापानी, लिपुलेक नेपाली भूमी हो । आफ्नो भूमीमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध सरकारले प्रतिवाद गर्नुपर्छ । तर भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारुढ गठबन्धनको पनि आश्चर्यननक मौनता दुखद् र रहस्यमय छ ।’
नेपाली भूमीमा भइरहेको हस्तक्षेपबारे नेपाल सरकारले भारतसँग कूटनीतिक र राजनीतिक तहमा वार्ता गरी नेपाली भूमीमा भारतीय पक्षको निर्माण कार्य तत्काल रोक्न राप्रपाले माग गरेको छ ।
विज्ञप्ति पढ्नुहोस्