भलिबल

एपीएफको महिला टोलीलाई पहिलो टाइगर कपको उपाधि

By खबरहब

January 15, 2022

काठमाडौँ- त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पहिलो पटक टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखरामा शनिबार सम्पन्न महिलातर्फको फाइनलमा आर्मीविरुद्ध एपीएफले २५–२३, २५–१५, २५–२० को सेटमा जित निकाल्यो ।

प्रतियोगिताको पहिलो संस्करणमा नेपाल पुलिसले जितेको थियो । यस पटक भने पुलिस चौथो स्थानमा रह्यो ।

विजेता एपीएफले तीन लाख रुपैयाँ र उपविजेता टोली आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।