तस्वीर- रोयटर्स

समाचार

कोरोना संक्रमितको उपचार गर्न थप दुई औषधिलाई मान्यता

By खबरहब

January 15, 2022

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न थप २ औषधिलाई अनुमति दिएको छ ।

डब्लूएचओले ब्यारिसिटिनिब र क्यासिरिभिमाब–इमडेभिमाबलाई अनुमति दिएको हो ।

बाथ रोगमा पनि प्रयोग हुँदै आएको ब्यारसिटिनिब औषधि कोभिडका गम्भीर बिरामीहरुलाई कोर्टिकोस्टोरइडस् औषधिसँग मिलाएर खुवाउन सकिने बताईएको छ । यसले बिरामीको स्वास्थ्यमा सुधार गर्दै भेन्टिलेसनसम्म जाने खतरा टार्ने दाबी चिकित्सकहरुको छ ।

डब्लूएचओका विशेषज्ञहरूले ब्यारसिटिनिबको प्रभाव पनि बाथमा प्रयोग हुने औषधि इन्टरल्युकिन–६ (आईएल–६) इन्हिबिटर्स जस्तै रहेको उल्लेख गरेका छन् ।

दुवै औषधिलाई एकैपटक सेवन नगर्न भने चिकित्सकहरुले सुझाव दिएका छन् ।