फाइल तस्बिर

राजनीति

कांग्रेस नेता डा. महतलाई कोरोना संक्रमण

By खबरहब

January 15, 2022

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतलाई कोभिड संक्रमण भएको छ ।

महतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोभिड संक्रमण पुष्टि भएको र आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘‘पीसीआर परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएकोले म घरमा आइसोलेसनमा रहेको जानकारी गराउँदछु । मेरो निकट सम्पर्कमा रहनुभएका साथीहरूलाई स्वास्थ्य परीक्षण गर्नुहुन अनुरोध गर्दछु ।’