क्रिकेट

टेस्ट कप्तानबाट विराट कोहलीले दिए राजीनामा

By खबरहब

January 15, 2022

काठमाडौँ– भारतीय टेस्ट टिमको कप्तानबाट विराट कोहलीले राजीनामा दिएका छन्।

दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टेस्ट सिरिज गुमाएसँगै कोहलीले टेस्टको कप्तानबाट राजीनामा दिएका हुन्।

कोहलीले राजीनामा दिँदै भने‚ ‘टिमलाई सही दिशा दिन मैले ७ वर्ष देखि दैनिक कडा मेहनत गरेको थिएँ। मैले आफ्नो काम इमान्दारीपूर्वक पूरा गर्न कुनै कसर बाँकी राखिनँ तर जुनसुकै चिजको कुनै न कुनै मोडमा रोकिनु जरुरी हुन्छ। टेस्ट टिमको कप्तानको रूपमा रोकिने समय यो नै उपयुक्त हुने महसुस गरेको छु।’

🇮🇳 pic.twitter.com/huBL6zZ7fZ

— Virat Kohli (@imVkohli) January 15, 2022


केही समयअघि उनलाई एकदिवसीय टिमको कप्तानबाट हटाइएपछि उनी असन्तुष्ट थिए।

कोहलीले यसअघि टी-२० विश्वकपपछि टी-२० को कप्तानी छाडेका थिए भने उनलाई एकदिवसीय कप्तानको जिम्मेवारीबाट बीसीसीआईले केही समयअघि हटाएर रोहित शर्मालाई जिम्मेवारी दिएको थियो।

यद्यपि उनी टेस्टको कप्तान भने निरन्तर रहेका थिए। उनले दक्षिण अफ्रिकामा २-१ ले टेस्ट गुमाएसँगै कप्तानीबाट राजीनामा दिने निर्णय लिएका हुन्।

उनले यो यात्राका क्रममा निकै उतरचढाव आए पनि आफूले निरन्तर प्रयास गरेको बताए। उनले आफ्नो टिमका लागि कहिले पनि बेइमानी नगर्ने भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए।