अन्तर्राष्ट्रिय

इतिहासमा आजः ग्यालिलियोको जन्मदेखि इतिहासकै विशाल शान्ति प्रदर्शनसम्म

By खबरहब

February 15, 2022

आज १५ फेब्रुवरी । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

अहिले सम्मकै ठूलो शान्ति प्रदर्शन सन् २००३ इतिहासमै सबैभन्दा ठूलो शान्ति प्रदर्शन भएको थियो । आजकै दिन विश्वभरका ६०० सहरहरुमा ३ करोड मानिसहरुले इराक युद्धको विरोध गर्दै शान्तिको पक्षमा प्रदर्शन गरेका थिए ।

सोभियत युनियन अफगानिस्तानबाट फिर्ता सन् १९८९ मा अफगानिस्तानबाट सोभियत युनियन बाहिरिएको थियो । सैन्य सर्वोच्चताको बाबजुद सोभियत र अफगान सेनाले विद्रोहीको प्रतिकार गर्न विफल भएको बताइन्छ ।

मानव जिनोमको पहिलो मस्यौदा सन् २००१ मा मानव जिनोमको पहिलो मस्यौदा प्रकाशित भएको थियो । मानव जिनोममा पूर्ण मानव आनुवंशिक सूचना छ ।

मुद्रालाई डेसिमल प्रणालीमा परिणत सन् १९७१ मा बेलायत र आयरल्यान्डले आफ्नो मुद्रालाई डेसिमल प्रणालीमा परिणत गरेका थिए । परिवर्तनअघि एक पाउन्ड स्टर्लिङ २४० पेन्स बराबर थियो ।

ग्यालिलियो ग्यालिलीको जन्म दिन आजकै दिन इटालीका प्रसिद्ध वैज्ञानिक ग्यालिलियो ग्यालिलीको जन्म भएको थियो । गणितज्ञ तथा दाशर्निकसमेत रहेका ग्यालिलियोको जन्म १५६४ मा इटालीको पिसामा भएको थियो । उनको मृत्यु सन् १६४२ को ८ जनवरीमा इटालिको आर्कटेरीमा भएको थियो ।