फाइल फोटो

राजनीति

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

By खबरहब

February 15, 2022

काठमाडौं – सत्तासीन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दैछ। यसअघि तीन दिन बैठक बसेको थियो।

पूर्वनिर्धारित एजेन्डासहित समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न दिउँसो ३ बजे बैठक बस्न लागेको कांग्रेस प्रवक्ता प्रकासशरण महतले जानकारी दिए।

३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिका ३५ जनाले यसअघिका बैठकमा धारणा राखिसकेका छन्। बाँकीले मंगलबारको बैठकमा धारणा राख्नेछन्।

नेताहरुको धारणासँगै बैठकमा भएको छलफलका निर्णय सार्वजनिक गरिने कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए।

कांग्रेसले गत १४माघमा केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो। सभापतिसहित १३ पदाधिकारी स्वतः कार्यसम्पादन समितिमा रहन्छन्।