मुख्य समाचार

एमसीसी सदनमा टेबुल गर्ने काँग्रेसको निर्णय (पूर्णपाठसहित)

By खबरहब

February 15, 2022

काठमाडौँ– नेपाली काँग्रेसले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीको सन्दर्भमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकपछि कांग्रेसले सात पृष्ठको धारणा सार्वजनिक गरेको हो ।

काँग्रेस बैठकले एमसीसी प्रतिनिधि सभामा टेबुल गर्ने निर्णय गरेको छ ।

काँग्रेसले एमसीसी सम्झौता संसदमा अनुमोदनका लैजानु सरकारको राजनीतिक कर्तव्य भएको जनाएको छ ।

यसअघि प्रधानमन्त्री देउवाले भोलिको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल गर्ने विश्वास लिएका थिए ।

यस्तो छ काँग्रेसले सार्वजनिक गरेको एमसीसीबारेको धारणा