राजनीति

‘स्थायी राजधानीको काम अघि बढेको छ’

By खबरहब

February 15, 2022

रुपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानीको विभिन्न संरचना निर्माणका काम अघि बढेको बताएका छ ।

लुम्बिनी प्रदेशको स्थापना दिवसका अवसरमा दाङको भालुवाङमा आयोजित कार्यक्रममा उनले युद्धस्तरमा स्थायी राजधानीको काम अघि बढेको बताए ।

राजधानी क्षेत्रमा रोक्का भएको जग्गा तत्काल फुकुवा गर्ने तयारी रहेको मुख्यमन्त्री केसीले बताए ।

‘जमिन रोक्कालाई फुकुवा गर्ने तयारीमा छौँ’, उनले भने । जग्गा एकीकरण आयोजना सञ्चालन भइरहेको र त्यसमा विज्ञले सुझाव दिएको भन्दै अब तत्काल जग्गा एकीकरणको काम हुने बताए ।

राप्ती उपत्यकामा स्थायी राजधानी घोषणा भएपछि त्यहाँ जग्गाको कारोबार बन्द गरिएको थियो ।