समाचार

एमाले अध्यक्ष ओली र जर्मन राजदूतबीच भेट

By खबरहब

February 15, 2022

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र जर्मनीका राजदूत डा. थोमस प्रिन्जबीच भेट भएको छ ।

मंगलबार अध्यक्ष ओलीको बालकोटस्थित निवासमा जर्मन राजदूत डा. प्रिन्जसँग भेट भएको हो ।

उनीहरूबीच दुई देशबीचको सम्बन्ध र यसलाई प्रगाढ बनाउने विषयमा छलफल भएको छ । त्यस्तै, नेपालको समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको जर्मनी दूतावासले जनाएको छ ।