खेलकुद

क्रिष्टल प्यालेससँग रोकियो म्यानचेस्टर सिटी

By खबरहब

March 15, 2022

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ ।

सोमबार राति प्यालेसको मैदानमा भएको खेलमा बराबरी खेलेसँगै दुबै टोली अंक बाढ्न बाध्य भएको छ । यससँगै सिटीले दोस्रो स्थानको लिभरपुलसँग दूरी बढाउने अवसर गुमाएको छ ।

बराबरीपछि सिटीको २९ खेलबाट ७० अंक बनाएको छ । एक खेल कम खेलेको लिभरपुलको ६६ अंक छ । प्यालेस भने २९ अंक सहित ११औं स्थानमा छ ।