खेलकुद

मालोर्कामाथि रियलको शानदार जित

By खबरहब

March 15, 2022

काठमाडौँ – स्पेनिस ला लिगामा रियल मड्रिडले जित हात पारेको छ।

सोमबार राति भएको खेलमा रियलले मालोर्कालाई ३-० अन्तरले पराजित गरेको हो।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा रियलले तीन गोल नै दोस्रो हाफमा गरेको थियो ।

करिम बेन्जेमाको दुई तथा भिनिसिअस जुनिअरको एक गोलको सहयोगमा उसले जित निकालेको हो।

जितसँगै रियलले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । उसले २८ खेलबाट ६६ अंक जोडेको छ ।

दोस्रो स्थानको सेभियाको समान खेलबाट ५६ अंक छ । पराजित मालोर्का २६ अंकसहित १६ औं स्थानमा छ ।