फाइल फोटो

खेलकुद

यू–१८ महिला साफ च्याम्पियनसिप : नेपाल भारतसँग भिड्दै

By खबरहब

March 15, 2022

काठमाडौँ – यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलमा आज (मंगलबार) नेपालले आयोजक भारतको सामना गर्ने भएको छ ।

भारतको जमसेदपुरमा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भारतबीच बेलुका सवा ७ बजे प्रतिस्पर्धा हुन लागेको हो ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा दुबै टोली एक अर्कालाई हराएर सुखद सुरुआत गर्न चाहन्छन् ।

नेपालले दोस्रो खेलमा मार्च १७ मा बंगलादेशसँग, मार्च २१ मा पुनह: भारतसँग र मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।

प्रतियोगितामा नेपाल, भारत र बंगलादेशको मात्रै सहभागिता रहेको छ ।