फाइल फाेटाे

प्रवास

एनआरएनए निर्वाचन :  तीन सदस्यीय अनुगमन समिति गठन 

By खबरहब

March 15, 2022

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औँ महाधिवेशन २२ मार्चदेखि २५ मार्चसम्म काठमाडौँमा हुने भएको छ ।

महाधिवेशनमा हुने निर्वाचन मूल्याङ्कन गर्न संरक्षक परिषद्ले सोमबार पाँच सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरेको छ ।

महाधिवेशनको नेतृत्व चयनको लागि हुने निर्वाचन मूल्याङ्कनका लागि संघको विधान २०२१ को दफा २१ को उपदफा ८ अनुसार निर्वाचन अनुगमन समिति गठन गरिएको हो ।

अनुगमन समितिमा दिल गुरुङ, हिक्मत थापा, बिश्वो आदर्श पण्डित, नरेन्द्र भाट र सनिकुमार ओली छन् ।