अपराध

नेपालीलाई कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने कोरियाली नागरिक पक्राउ

By खबरहब

March 15, 2022

काठमाडौँ – नेपालीलाई दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने कोरियन नागरिक पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले ठगी आरोपमा ७३ वर्षीय कोरियन नागरिक रे  सी जङलाई पक्रेको हो ।

ओके कन्सल्टेन्सीका सञ्चालक जङले नेपालीलाई कोरिया पठाइदिन्छु भनी ठगी गरेको उजुरीपछि सीआइबीले काठमाडौँको महांकालबाट पक्राउ परेको हो।

उनलाई थप अनुसन्धान र कारबाहीको लागि सीआइबीले महानगरीय वृत्त गौशालालाई बुझाएको छ।