तस्बिर : एन्फा

खेलकुद

बी डिभिजन लिगमा सरस्वतीको तेस्रो जित

By खबरहब

March 15, 2022

काठमाडौँ – सहिद स्मारक बी डिभिजन लिगमा सरस्वती यूथ क्लबले तेस्रो जित निकालेको छ ।

ललितपुरको एन्फा कम्प्लेक्समा आज (मंगलबार) बिहान भएको खेलमा सरस्वतीले मध्यपुर यूथ एसोसिएसनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

सरस्वतीको जितमा कुमार बल र सनम धिमाल समान १–१ गोल गरे ।

मध्यपुरको लागि सजीन थापा मगरले १ गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन ।