फाइल तस्वीर

समाचार

गाउँसभाले भन्यो- ‘नगरपालिका बनौँ’

By खबरहब

March 15, 2022

हुम्ला – सदरमुकामस्थित सिमकोट गाउँपालिकाले हिउँदे गाउँसभाबाट नगरपालिका बनाउन माग गरेको छ।

सिमकोट गाउँपालिकाको आवश्यक सबै मापदण्ड पूरा भएको भन्दै सिमकोट गाउँपालिकाको सभामार्फत नगरपालिका बनाउने सिफारिस भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए।

हुम्लामा अहिलेसम्म एउटा पनि नगरपालिका नभएको हुम्लामा सिमकोट गाउपालिका नगरपालिकाको लागिका आवश्यक प्रक्रिया सुरु गरिसकेको प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए।

पाँच वर्षको कार्यकाल सकिन लाग्दा आफ्नो कार्यकालमा नगरपालिकाका लागि आवश्यक पूर्वाधार तयार गरिएको भएको कारण नगर पालिकाको माग गरेको सिमकोट गाउपालिका अध्यक्ष पदमबहादुर लामाले बताए।