अपराध

उदयपुरमा ९ वर्षीया बालिका बलात्कृत

By खबरहब

March 15, 2022

उदयपुर- उदयपुरमा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका–५ घुम्ने लालिगुँरास टोल बस्ने ४५ वर्षीय गणेश खत्रीलाई सोमबार साँझ पक्राउ गरेको छ ।

खत्रीले ती बालिकालाई प्रलोभनमा पारी कुखुराको फर्ममा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।