आर्थिक

संस्थागत निक्षेपको ब्याज छ प्रतिशत कायम गर्न मोरङ व्यापार संघको माग

By खबरहब

March 15, 2022

विराटनगर- चर्को ब्याजदर विरुद्ध मोरङ व्यापार संघकाले राष्ट्र बैंकको विराटनगर कार्यालय आगाडि  धर्ना दिएको छ । धर्नाको नेतृत्व मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले गरेका थिए ।  

धर्नामा मोरङ व्यापार  संघ लगायत सुनसरी औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीहरू पनि सहभागि जनाएका थिए । 

हाल मुलुकमा तरलताको अभाव न्यूनीकरणका लागि बैंकको चर्को ब्याज वृद्धिलाई रोक्न संस्थागत निक्षेपको ब्याजदर छ प्रतिशत कायम गर्नुपर्ने उनीहरूले  माग राखेका थिए ।

सरकारले अहिलेसम्म पूँजीगत खर्च २० देखि ३० प्रतिशतसम्म मात्र हुनु सरकारको निरीहपन देखिएको, कूल निक्षेपको रु १८ अर्ब जति संस्थागत निक्षेप रहेको र बैंकको ब्याजदर वृद्धि भई ११ प्रतिशत पुग्नका साथै अनुत्पादक क्षेत्रमा गरिएको लगानीले अझ भयावह स्थिति सिर्जना हुने उद्योगी एवं व्यापारीको भनाइ थियो ।

सरकारले समयमा नै अहिलेको अवस्थाप्रति सचेत हुनपर्ने संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाले बताए । साथै  व्यवसायी पवनकुमार सारडाले तरलताको अभावसँगै बैंकको ब्याज वृद्धिले समग्र अर्थतन्त्र शिथिल हुन पुग्नु देशको लागि राम्रो नभएको जानकारी दिए ।