आर्थिक

१७.१५ अंकले घट्यो नेप्से परिसूचक, तीन अर्ब ३६ करोडको कारोबार

By खबरहब

March 15, 2022

काठमाडौँ- सेयर बजार मंगलबार १७ अंकले ओरालो लागेको छ । सोमबार नेप्सेको सफ्टवेयरमा समस्या आएको भन्दै बन्द भएको बजार मंगलबार १७.१५ अंकले घटेर २६५० अंकमा बन्द भएको हो । नेप्सेमा मंगलबार तीन अर्ब ३६ करोड ४२ लाख कारोबार भएको छ ।

सोमबार बजार सफ्टवेयर मा समस्या देखिँदा शून्य दशमलव १५ अंकले घटेको थियो । आइतबार १०१ अंकले बढेर हरियाली छाएको बजारमा सोमबारको बजारमा केही करेकसन् देखिएको हो ।

मंगलबारको बजारमा लाईफ इन्स्योरेन्स, नन् लाईफ इन्स्योरेन्स , होटल सेक्टरमा का सेयरधनीले नाफा कमाउदै म्यानुफक्चर र माइक्रो फाइनान्सका सेयरधनीले गुमाएका छन् ।

मंगलबार इमर्जिङ नेपाल कम्पनीको सेयर सर्किट मूल्यमा बढेको थियो भने नेपाल टेलिकमका सेयरधनीले ५.१३ प्रतिशत गुमाएका छन् । सबैभन्दा धेरै नेपाल टेलिकम अपि पावर कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कारोबार भएको छ ।