समाचार

थप ८३ जनामा कोरोना संक्रमण

By खबरहब

March 15, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार ४ हजार ७३४ जनाको पीसीआर परीक्षण गर्दा ५७ जना र ३ हजार १५० जनाको एन्टीजेन परीक्षण गर्दा २६ जना गरी ८३ जनामा संक्रमण पुष्टि भएको हो ।

चार दिनयता नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या शून्य रहेको छ । पछिल्लो २४ घण्टामा १३० जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ४ हजार ७४६ जना सक्रिय संक्रमित रहेका छन्।