समाचार

भारत–नेपाल डुबान तथा बाढी व्यवस्थापन समितिको बैठक सम्पन्न

By खबरहब

March 15, 2022

काठमाडौँ– भारत–नेपाल डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औँ बैठक सम्पन्न भएको छ ।

समितिले गत २५ गतेदेखि २८ गतेसम्म भारत–नेपाल सीमाका विभिन्न स्थानको पनि स्थलगत भ्रमण गरेको थियो । त्यसपछि फागुन २९ गते काठमाडौँमा बैठक बसेको हो ।

भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालको तर्फबाट जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशील चन्द्र आचार्यको सह–अध्यक्षतामा बैठक बसेको थियो ।

फागुन ३० गते दुवै पक्षले बैठकको माइन्युटमा हस्ताक्षर गरेका थिए ।

समितिले सीमा क्षेत्रमा पर्ने नदीहरूको व्यवस्थापनका लागि प्रस्ताव गरिएका नवोदित कार्यस्थलको पनि भ्रमण गरेको थियो ।

सीमा क्षेत्रमा बाढी, कटान तथा डुबान व्यवस्थापन गर्नु समितिको कार्यक्षेत्रभित्र पर्दछ ।