फाइल फोटो

समाचार

संघीय संसदको चालु अधिवेशन अन्त्य

By खबरहब

March 15, 2022

काठमाडौँ– संघीय संसदको अधिवेशन अन्त्य भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालु अधिवेशन अन्त्य गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको संसद सचिवालयले जनाएको छ ।