समाचार

दक्षिण कोरिया भाषा परीक्षा ईपीएस वैशाखबाट सुरु हुने

By खबरहब

March 15, 2022

काठमाडौँ– दक्षिण कोरिया जान चाहनेहरूका लागि भाषा परीक्षा लिने तयारी सुरु भएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार दक्षिण कोरिया जानका लागि इम्प्लोयमेन्ट परमिट सिष्टम (ईपीएस) परीक्षा वैशाख २६ गतेबाट सुरु हुने भएको हो ।

कोरोना महामारीका कारण केही वर्षदेखि रोकिएको परीक्षा विभिन्न चरणमा गरी असोज २१ गतेसम्म चल्ने पनि विभागको ईपीएस शाखाले जनाएको छ ।

शाखाले सोमबार निकालेको सूचनाअनुसार सन् २०२२ का लागि ९ हजार ६ सय ५४ जनालाई छनोट गरिनेछ ।

परीक्षामा सामेल हुन १४ चैतदेखि २१ गतेसम्म अनलाइनबाट आवेदन दिन सकिने पनि शाखाले जनाएको छ ।