समाचार

सरकारी र निजी क्षेत्रबीच सहकार्य हुन सके राम्रो नतिजा आउँछः ढकाल

By खबरहब

March 15, 2022

पर्सा– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य र निजी क्षेत्रबीच सहकार्यको वातावरण बन्न सके छोटो समयमा नै राम्रो नजिता दिनसक्ने बताएका छन् ।

पर्साको पोखरिया नगरपालिकामा वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा स्तरोन्नति गरिएको शल्य चिकित्सा कक्षको उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्षले यस्तो बताएका हुन् ।

राज्यले निजी क्षेत्रसँग सहकार्य गर्दा राम्रो रिजल्ट आउँछ भन्ने कुरा आज उद्घाटन गरिएको यस अस्पतालले पनि स्पष्ट पार्ने उनको दाबी छ ।

निजी क्षेत्रले आफ्नो फाइदाका लागि मात्र काम नगर्ने र आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै आएकोसमेत उनले बताए ।