अपराध

मानव बेचविखन मुद्दामा दोषी ठहर भई फरार पतिपत्नी पक्राउ

By खबरहब

March 15, 2022

जनकपुरधाम– मानव बेचविखन तथा ओसारपसार र अपहरण मुद्दामा दोषी ठहर भई फरार रहेका पतिपत्नीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले जनकपुरधाम–१३ का ४२ वर्षीय रामजी पासवान र उनकी श्रीमती ३२ वर्षीया विभा पासवानलाई पक्राउ गरेको हो ।

मानव बेचविखन तथा ओसारपसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतले रामजीलाई २२ वर्ष कैद र २ लाख ५० हजार जरिवाना तथा विभालाई १७ वर्ष कैद र १ लाख ५० हजार जरिवाना हुने गरी फैसला गरेको थियो ।

२०७७ माघ २२ गते अदालतको फैसला आएसँगै उनीहरू फरार भएका थिए ।

उनीहरूलाई मंगलबार जनकपुरधाम–१३ बाट पक्राउ गरिएको हो । अदालतले उनीहरूलाई सुनसरीको झुम्का कारागार पठाउन आदेश दिएको छ ।