समाचार

प्रचण्डसँग नेकपाका सुदर्शन र कन्चनको भेट

By खबरहब

April 15, 2022

काडमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली सुदर्शन र धर्मेन्द्र बास्तोला कन्चनको भेट भएको छ ।

बिहीबार प्रचण्ड निवासमा सुदर्शन र कन्चनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् ।

भेटका क्रममा भएको छलफलमा माओवादी अध्यक्ष प्रचण्डले उनीहरूलाई पार्टीमा आउन आग्रह गरेका थिए ।

जवाफमा सुदर्शन र कन्चनले सकारात्मक जवाफ दिएको बुझिएको छ ।