क्रिकेट

नवप्रवेशी टिम गुजरात टाइटन्स आईपीएलको शीर्ष स्थानमा

By खबरहब

April 15, 2022

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै गुजरात शीर्ष स्थानमा पुगेको हो ।

राजस्थानले गुजरातले दिएको १ सय ९३ रनको लक्ष्य भेट्न नसक्दा पराजित हुनु परेको हो । राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र जोड्न सक्यो ।

राजस्थानका लागि जोश बट्लरले ५४, शिम्रन हिटमायर २९, रियान परागले १८ रन जोड्दा जेम्स निशमले १७ रन बनाए ।

गुजरातका लकी फर्गुसन र यश डायलले तीन तीन विकेट लिए । पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।

गुजरातका कप्तान हार्दिक पाण्डयले ८७ रन बनाउँदा अभिनव मनोहरले ४३ रन जोडे । राजस्थानका कुलदिप सेन,युजभेन्द्र चाहल र रियान परागले एकएक विकेट हात पारे ।

गुजरात चौंथो जित दर्ता गर्दै ५ खेलमा ८ अंकसहित शीर्ष स्थानमा पुगेका हो । तेस्रो स्थानमा झरेको राजस्थानले ५ खेलमा ६ अंक जोडेको छ ।