तस्वीर- एपी

अन्तर्राष्ट्रिय

रुसले आक्रमण थालेयता खार्किभमा मात्रै ५ सय बढी सर्वसाधारण मारिए

By खबरहब

April 15, 2022

काठमाडौं– गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता पूर्वी युक्रेनको खार्किभ क्षेत्रमा हालसम्म ५ सय भन्दा धेरै गैरसैनिक मारिएका छन् ।

सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गर्दै खार्किभ क्षेत्रका गभर्नर ओलेग सिनेगुबोभले रुसी आक्रमणका कारण हालसम्म सो क्षेत्रमा ५०३ जनाको मारिएको जनाएका हुन् ।

उनका अनुसार मारिनेमा २४ जना बालबालिका समेत छन् । ‘यो निर्दोष मानिसहरुको जनसंख्या हो, हामी कुनै पनि जीवनका लागि माफ गर्नेछैनौँ ।’ गभर्नर सनेगुबोभलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यद्यपि उनको दाबीको स्वतन्त्र पुष्टि भने नभइसकेको जनाइएको छ ।

रुसको सीमाबाट केबल ४० किलोमिटरको दूरीमा रहेको खार्किभमा युद्ध शुरु हुनुअघि १५ लाख मानिसहरुको बसोबास रहेको बीबीसीले जनाएको छ ।