फाइल फोटो

अन्तर्राष्ट्रिय

युक्रेनमा ३० भाडाका पोलिश सैनिक मारिएको रुसी दाबी

By खबरहब

April 15, 2022

काठमाडौं– युक्रेनमा ३० भाडाका पोलिश सैनिक मारिएको रुसी रक्षामन्त्रालयले दाबी गरेको छ ।

उत्तरपूर्वी युक्रेनमा गरिएको आक्रमणका क्रममा ३० पोलिश भाडाका सैनिक मारिएको रुसी रक्षामन्त्रलयले जनाएको हो ।

युक्रेनको दोश्रो ठूलो शहर खारकिभ नजिकै पर्ने इजियुम्स्कोये क्षेत्रमा गरिएको आक्रमणमा उनीहरु मारिएको रक्षा मन्त्रालयको भनाइ छ ।

रुसका अनुसार सो गाउँमा रुसको रणनीतिक रकेट बलले आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।