समाचार

पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण

By खबरहब

April 15, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल ३ हजार ९ सय ३ नमुना परीक्षण गर्दा थप १४ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने सोही समयमा थप ५५ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ४ सय ३८ जना रहेको छ । पछिल्लो २४ घण्टामा थप ७८९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।